भक्तपुरमा ३४ ओटा मतदानस्थल सम्वेदनशील
भक्तपुर जिल्लाका ३४ ओटा मतदानस्थल सुरक्षाका दृष्टिले सम्वेदनशील रहेको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुरका ७८ मतदानस्थलमध्ये ३४ ओटा मतदानस्थल सम्वेदनशील रहेको जानकारी दिए ।
बाँकी ४४ ओटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए । सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालयले मतदान केन्द्रहरूको स्थलगत अध्ययन अवलोकनपछि शान्ति सुरक्षा, राजनीतिक दलहरूको प्रभाव एवम् मतदान केन्द्र र मतदाताको दूरीको आधारमा सम्वेदनशील र सामान्य मतदानस्थल छुट्याइएको उनले बताए ।
सुरक्षित ढङ्गले निर्वाचन गर्न केन्द्रीय सुरक्षा योजनाअनुसार भक्तपुरमा पनि सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रजिअ पोखरेलले बताए ।
भक्तपुरका ७८ मतदानस्थलमा २ सय ९ मतदान केन्द्र रहेका छन् । एउटा मतदानस्थलमा दुई ओटादेखि पाँच ओटासम्म मतदान केन्द्र रहेका छन् ।
एउटा मतदान केन्द्रमा बढीमा १ हजार जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले जानकारी दिए ।
भौगोलिक अवस्था एवम् मतदाता र मतदान केन्द्रको दूरी बढी भएका र साँघुरो ठाउँमा कम्तीमा ५ सय मतदाताको लागि एक मतदान केन्द्र निर्धारण गरिएको छ ।
भक्तपुरमा कुल १ लाख ७८ हजार ९५ जना मतदाता रहेका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं. १ मा ९४ हजार १६४ र क्षेत्र नं. २ मा ८३ हजार ९३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सविना केसी
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…