बौद्धिक अपाङ्गता हुनु भएकी महिलालाई घरमै पुगेर अपाङ्गता परिचयपत्र र नागरिकता
बौद्धिक अपाङ्गता हुनु भएकी खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरी हुलाकी टोलीको ४४ वर्षीया राधा राईलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।
बौद्धिक अपाङ्गता हुनु भएकी राधालाई घरमै पुगेर पूर्ण अपाङ्गताको परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको खोटेहाङ गाउँपालिका-१ का वडाध्यक्ष धनबहादुर महराजीले बताउनु भयो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, इलाका प्रशासन कार्यालयका शाखा अधिकृत कहनबहादुर राई, वडाध्यक्ष धनबहादुर महराजी साउन ३० गते घरमै आएर छोरीलाई नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र दिएको राधाका ६५ वर्षीय बाबु विन्द्रमान राईले बताउनु भयो ।
बौद्धिक अपाङ्गता र मानसिक स्वास्थ्य ठिक नभएकी राधालाई १६ वर्षयता खोरमा थुनेर राख्ने गरिएको छ । छोरीको उमेर २८ वर्ष भएपछि मानसिक समस्या देखियो, उपचारमा धेरै खर्च गरेपनि ठिक नभएपछि खोरमा राखिएको बाबु विन्द्रमान राईले बताउनु भयो ।
खोरमा राखिएकी राधालाई साउन २४ गते घरमै पुगेर पूर्ण अपाङ्गता परिचयपत्र दिएको इलाका प्रशासन कार्यालयका परामर्शकर्ता युवराज विकले बताउनु भयो ।
अपाङ्गता परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि राधाले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा सुरक्षा भत्ता पाउने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भयो ।
नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…