बोक्सी घटनाकी पीडित महिलाद्वारा न्यायको लागि पहल गर्न माग
सिद्धलेक गाउँपालिका–२ बिसटारीकी ४७ वर्षीया हिरादेवी सिलवालले आफूलाई कथित बोक्सि आरोप लगाएर कुटपिट गर्ने छोरीहरूसहित पतिलाई कारबाही गर्न पुस २४ गते इन्सेक जिल्ला प्रतिनिधि मार्फत आग्रह गर्नु भएको छ ।
पति ५० वर्षीय वीरबहादुर सिलवाल, छोरीहरू २७ वर्षीय सीता सिलवाल र २४ वर्षीय सिर्जना सिलवालले पुस १७ गते बिहान बोक्सी बुढी भनेर कुटपिट गरेपछि आफू घाइते अवस्थामा भागेर ज्यान जोगाएको पीडितले बताउनुभयो ।
कुटपिटबाट घाइते पीडितले जिल्ला अस्पतालमा उपचार गरी पुस १८ गते घर जाँदा घरभित्र बस्न नदिएर दुई रात चिसोमा बाहिर बस्नुपरेपछि पुस २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश थापाले बताउनुभयो । हाल माइतिपक्षको संरक्षणमा बस्नुभएका पीडितले आफूले हुर्काएको सन्तान र आफ्नो भनिएको पतिले घाइते हुनेगरि कुटेर घर निकाला गरेकोले न्याय दिलाउन इन्सेकसँग आग्रह गर्नु भयो ।
पीडितको उपचार धादिङ अस्पताल ओसिएमसिमा पुस २४ गते इन्सेकको पहलमा गरियो ।
घरबाट विस्थापित पीडित माइती घरमा आश्रय लिएर बस्नुभएको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…