‘बोक्सी’को आरोपमा कुटपिट गरेका आरोपित गिरफ्तार
धनकौल गाउँपालिका–३ हरकठवाका ६५ वर्षीय एकल महिला वकिला खातुनलाई ०७८ माघ ६ गते बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र कोच्याउने धम्की दिएको आरोपमा प्रहरीले धनकौल गाउँपालिका–३ हरकठवा पुरानो बजारका ४० वर्षीय मगनी साह र ३० वर्षीय होरिन्दल साहलाई माघ १७ गते गिरफ्तार गरेको छ ।
पीडितले ‘बोक्सी’को आरोप लगाउँदै कुटपिट गरेको आरोपमा आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा माघ १७ गते उजुरी दिनु भएको थियो ।
काुननी प्रक्रियामा अघि बढेपछि घटनालाई स्थानीय स्तरमै मिलापत्र गर्नका लागि दबाब आएको पीडितको आरोप छ ।
पीडित महिलाको सामान्य उपचार माघ ६ गते धनकौल स्वास्थ्य चौकीमा गरी थप उपचार सर्लाही जिल्ला अस्पतालमा गरिएको छ ।
लिखित उजुरी प्राप्त भएपछि प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
बुधन शाह
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…