कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
तुलसीपुर नपा-१९ जसपुरकी ६५ वर्षीया मोति परियारलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा सोही नपा-२० की ४२ वर्षीया अनिता भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले असोज ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले असोज ४ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि भण्डारीलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सन्तोष रोकाले बताए ।
'छोरा अर्जुन परियार लामो समयदेखि बिरामी भएपछि मोती भदौ ३० गते अक्षता हेराउन तुलसीपुर नपा-२० नवलपुरमा भण्डारीको कूल पुजाका धामीसमक्ष पुगेकी थिइन् । अक्षता देखाउने क्रममा एक्कासी धामी रुन कराउन थालेपछि अक्षता हेराउन दलित र बोक्सी महिला आएको भन्दै धामीकी बहिनी अनिता भण्डारीले कुटपिट गरे ।'-मोतिले भनिन् ।
कुटपिटबाट मोतिको टाउको, आँखा र मुखमा चोट लागेको छ । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भदौ ३० गते नै उपचार गरिएको प्रहरीले जनाएको छ ।
अनिताका दाजु तथा धामी प्रल्हाद भण्डारीले कूलपुजाका लागि सात दिनसम्म खाना नखाई व्रत बसेका कारण चक्कर लागेर आफू ढलेको बताएका छन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…