बैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया पत्नीलाई बैवाहिक बलात्कार गरेको आरोपमा चौतारा सागाँचोकगढी नगरपालिका–६ का २० वर्षीय पतिलाई ०७६ फागुन २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले ०७६ फागुन २१ गते जबरजस्ती बलात्कार गरेको भन्दै पीडितले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरी दिनुभएको थियो । पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ फागुन २७ गते चौतारा अस्पतालमा गरिएको डिएसपी काफ्लेले बताउनु भयो । पीडित र आरोपितबीच एकवर्ष अघि प्रेम विवाह भएको थियो । बिवाह भएको दुई महिनादेखि पतिले नराम्रो व्यवहार गर्दै आएको पीडितको भनाई छ ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…