बैतडीका एक सय भन्दा बढी बालबालिकामा कुपोषण
बैतडीका ३ हजार ३ सय १५ जना बालबालिकामध्ये १ सय १४ जना बालबालिका कडा कुपोषण देखिएको छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूमा गरिएको सर्भेक्षण अनुसार उनीहरूमा कडा शीघ्र कुपोषण देखिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम (आइमाम)का जिल्ला संयोजक प्रदिप पराजुलीले जानकारी दिए ।
पोषणको स्थिति जाँच गरिएका बालबालिकामध्ये १ सय ४८ जनामा कडा खालको कुपोषण देखिएको छ भने ३ सय ९४ जनामा मध्यम शीघ्र कुपोषण देखिएको पराजुलीको भनाइ छ ।
कडा खालको कुपोषण देखिएका बालबालिकाहरूमध्ये ७९ जनालाई बहिरङ्ग उपचार केन्द्रमा भर्ना गरिएको र उनीहरूको उपचार भइरहेको बताइएको छ । जिल्लाका विभिन्न नौ ठाउँमा सञ्चालनमा आएका ओटीसीहरूमा कडा कुपोषण भएका बालबालिकाहरूको निशुल्क उपचार गर्ने गरिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका तथ्याङ्क अधिकृत सुष्मा राईले बताए ।
प्रत्येक गाविसमा महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी र आइमाम कार्यक्रमका कर्मचारीहरूमार्फत बालबालिकाहरूको पोषणको स्थितिका बारेमा पत्ता लगाउने कार्य जारी रहेको उनको भनाइ छ ।
कडा खालको कुपोषण देखिएका बालबालिकाहरूको ओटिसीमा निशुल्क उपचार हुने गरेको छ भने मध्यमखालको कुपोषण देखिएका बालबालिकाका अभिभावकहरूलाई परामर्श दिने गरिएको छ ।
अहिले जिल्लाको गोकुलेश्वर, हाट, जोशीबुङ्गा, श्रीकोट, मेलौली, थालाकाँडा, पाटन, सिद्धेश्वर र जिल्ला अस्पतालमा ओटीसी स्थापना गरी कडा कुपोषण भएका बालबालिकाहरूको उपचार गर्ने कार्य भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…