बैठक कक्षमा क्याम्पस प्रमुख र लेखापालमाथि आक्रमण
सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसका प्रमुख ४५ वर्षीय लालप्रसाद अंगाइ र लेखापाल ४१ वर्षीय राम्जी खड्कालाई नेपाली कङ्ग्रेसको भातृ सङ्गठन तरुणदलका जिल्ला कार्य समितिका पूर्व सचिव एवम् सुन्दरबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष ४२ वर्षीय उत्तम गुरुङले आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ ।
नेविसङ्घ र अनेरास्ववियुबिचको झडपको विषयलाइ लिएर बैठक भइरहेको हलमा पुगेर गुरुङले आक्रमण गरेको क्याम्पस प्रमुख अंगाइले बताए ।
हातमा नाङ्गो खुकुरी लिएर पुगेका उत्तमको हातबाट बैठकमा सहभागीले खुकुरी खोसेपछि अरोपितले मुक्का र लात्तीले अंगाइ र खड्कामाथि आक्रमण गरेको स्थानीय रघु मिश्रले बताए ।
सर्वदलीय बैठकमा नै क्याम्पस प्रमुखमाथि कुटपिट गरेको भनी आरोपितलाई कारबाहीको लागि बैठकबाटै निर्णय गरिएको क्याम्पस प्रमुखले जानकारी दिए ।
निर्णय र निवेदनसहित कारबाहीको माग गर्दै प्रहरी कार्यलयमा फागुन १६ गते नै उजुरी दर्ता गराइएको लेखापाल राम्जी खड्काले बताए । घटना पश्चात फरार आरोपितको खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यलय सुन्दरबजारका इन्स्पेक्टर चन्द्रबहादुर गुरुङले बताए ।
कृषि क्याम्पसमा १६ गते बिहान ८ बजे नेबिसङ्घ र अनेरास्ववियुका कार्यकर्ताबिच झडप हुँदा नेविसङ्घका दुई जना विद्यार्थी घाइते भएका छन् ।
झडपको क्रममा नेविसङ्घका २४ वर्षीय दिपेन्द्र रेग्मी र २३ वर्षीया आकृति खनाल घाइते भएका हुन् । फागुन १८ गते हुन लागेको स्ववियु निर्वाचनको विषयमा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ ।
घाइते आकृति खनालको सुन्दरबजारको कर्मदा अस्पतालमा उपचार भइरहेको र दिपेन्द्र रेग्मीको टाउकोमा गम्भीर चोट लागेको हुनाले थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको इलाका प्रहरी कार्यलय सुन्दरबजारका इन्स्पेक्टर चन्द्रबहादुर गुरुङले बताए ।
कृषि क्याम्पसमा ०७३ साल फागुन ९ गतेदेखि अनेरास्ववियुले गरेको तालाबन्दीका कारण पढाइ सुचारु हुन सकेको थिएन । माघ १७ गते भएको झगडाको क्याम्पस प्रशासनले छानबिन प्रतिवेदन दिन ढिला गरेको कारण क्याम्पसमा ताला लगाइएको अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष जगदिशनाथ योगीले बताए ।
छानबिन प्रतिवेदन १५ दिन भित्रमा दिने भनिएता पनि पुनः सात दिनको म्याद थप गरी जिल्ला प्रशासन कार्यलयमा प्रतिवेदन बुझाइएको क्याम्पस प्रमुख लालप्रसाद अंगाइको भनाइ रहेको छ ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…