बैङ्क तथा वित्तीय संस्था अपाङ्गमैत्री नहुँदा सेवाग्राहीलाई सास्ती

  ०८० वैशाख ३१ गते

स्याङ्जा जिल्ला  भित्र सञ्चालित कुनै पनि बैङ्क तथा वित्तीय संस्था अपाङ्गमैत्री नहुदाँ अपाङ्गता भएका सेवाग्राहीहरू समस्यामा परेका छन् ।

स्याङ्जामा निजी होस् वा सरकारी बैङ्क तथा वित्तीय संस्था कुनै पनि अपाङ्मैत्री छैनन् । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सामाजिक सुरक्षा भत्ता बैङ्क बाट मात्र भुक्तानी लिन पाउने व्यवस्था छ ।

तर पुर्णरूपमा असक्त भएका व्यक्तिहरू बैङ्कसम्म आउन समस्या र आए पश्चात बैङ्कको लाइनमा बस्न चेक साट्ने जस्ता कुराहरूमा समस्या परेको पुतलीबजार नगर पालिका– ८ का पुर्ण असक्त अमृत पौडेलले बताउनुभयो । उहाँ सामान्य हिडडुल समेत गर्न सक्नुहुन्न । उहाँ लाई घर देखी बोकेर बैङ्क सम्म ल्याउन परेको, बैङ्कमा ह्वील चेयर नभएको र माथिल्लो तलामा चेक साट्न जानुपर्दा बैङ्कको साँघुरो गल्लिमा बोक्नुपर्दा समस्या भएको आमा भिमादवी पौडेलले बताउनुभयो ।

उहाँ मात्र होइन पुतलीबजार–२ का सालिग्राम कुँवरको व्यथापनि उस्तै रहेको छ । उहाँ विगत २५ वर्ष देखी दुवै खुट्टामा समस्या आएपछि हिडडुलमा समस्या आएको बताउनुभयो । उकालो ओरालो गर्न सक्नुहुन्न तर बैङ्कमा सरकारले प्रदान गरेको सामाजिक सुरक्षा भक्ता बुझ्न बैङ्क सम्म आउनै समस्या परेको बताउनुभयो ।

स्याङ्जाका सरकारी बैङ्कहरू नेपाल बैङ्क लिमिटेड, वाणिज्य बैङ्क लिमिटेड, कृषि बिकास बैङ्क लिमिटेडहरूमा समेत अपाङ्गमैत्री संरचना छैन । साथै अन्य गैरसरकारी बैङ्कहरूमा पनि यो सुविधा छैन् ।

यस बारेमा कुमारी बैङ्कका शाखा प्रबन्धक अमर श्रेष्ठ भन्नुहुन्छ, बैङ्क को आफ्नै भवन छैनन् । बैङ्क को सुरक्षाको दृष्टिकोणले दोस्रो तलामा बस्नुपर्ने हुन्छ । भाडाका घरमा दोस्रो तलामा बस्नुपर्दा अधिकांश घरमा अपाङ्गमैत्री भवननै बनेको हुदैन उहाँको भनाई रहेको छ ।

यधपि नेपालको संविधानको धारा ४२ को उपधारा ३ बमोजिम अपाङ्गता भएका नागरिकलाई आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा, सुविधामा समान पहुँचको हक हुनेछ भन्ने उल्लेख गरेता पनि व्यवहारिक रूपमा यो पालना भएको छैन् ।

nepal bank


राधाकृष्ण शर्मा