बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड, सेवाग्रहीलाई सास्ती
रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एसबीआई बैकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेको छ । जसकारण सेवाग्राहीहरु मर्कामा परेका छन् ।
स्थानीय सरकार स्थापनासँगै नेपाल सरकारबाट प्राप्त हुने विभिन्न खाले सामाजिक सुरक्षा भत्ताहरु बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने गरिएको छ । जस प्रकृया अनुसार स्थानीइ तहमा रहेको नेपाल एसबीआई बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । स्थानीय तहमा रहेको एकमात्र नेपाल एसबीआई बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेको छ ।
भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने सुनछहरी गाउँपालिका क्षेत्रफलको हिसाबले जिल्ला सदरमुकाम लिवाङ देखि करिब ४८ किलोमिटर उत्तर पुर्वमा पर्दछ । यो स्थानीय तह जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तह हो । जहाँ सात वटा वडाहरु रहेका छन् ।
भौगोलिक हिसाबले अधिकांश वडाबाट पालिकासम्म आउन झण्डै एक दिन लाग्ने गर्दछ । भरपर्दो सडक सञ्जालको पहुँच नभएकै कारण सामाजिक सुरक्षा भत्ताकै निम्ती लामो बाटो हिडेर बैंकसम्म आएका सेहाग्राहीहरुले बैंकमा हुने लामो भीडका कारण हैरानी खेप्नु परिरहेको छ ।
बैंकमा लामो समय पालो पर्खनुपर्ने बाध्यता रहेको सुनछहरी गाउँपालिका–३ का ७६ वर्षीय पन्थलाल घर्तीले गुनासो गर्नुभयो । समयमै काम नबन्दा बाटोमै बास बस्नु पर्ने बाध्यता समेत रहेको सुनछहरी गाउँपालिका– २ भित्रीगाम घोवाखोलाका ज्येष्ठ नागरिक पुर्णसिंङ बुढाले बताउनु भयो ।
यातायातको असुविधा, लामो समयको पैदल यात्रा र बैंकमा हुने लामो भीडले वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सास्ती हुने गरेको उहाँले बताउनु भयो ।
वृद्धवृद्धाहरूलाई आफूले पाएका सामाजिक सुरक्षा भत्ता सुरक्षित घरमा पु¥याउन समेत जोखिम देखिएको स्थानीयले बताएका छन् । पैदल यात्रा हुँने हुँदा कसैले पैसा लुट्ने हुन कि भन्ने डर हुने गरेको सुनछहरी गाउँपालिका– ४ का ज्येष्ठ नागरिक रामसर घर्तीले बताउनु भयो ।
बैकका प्रमुख सन्तोष सुवेदीले भत्ता वितरणको समयमा सबैजना एकैपटक भत्ता बुझ्न आउने हुँदा भिडभाड हुने गरेको बताउनु भयो ।
उक्त विषयमा गाउँपालिका कार्यविधि बनाएर बैंकका कर्मचारीहरुलाई वडाहरुमा घुम्ती टोलीको रुपमा पठाएर समामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने योजना भएपनि बैंकलाई धेरै पटक आग्रह गर्दा समेत बैंकले जनशक्ति अभावको कारण देखाएको सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले बताउनु भयो ।
तिलक घर्ती मगर
सम्बन्धित समाचारहरू
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…