बेवारिसे बम विष्फोटनमा परी दुई बालिकाको मृत्यु, तीन जना बालबालिका घाइते
तिलागुफा नपा–१० रानावडामा कात्तिक १२ गते बेवारिसे फालिएको बम खेलाउँदा विष्फोट भई सोही ठाउँका तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ ।
बिष्फोटनमा परी आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।
उहाँका अनुसार घाइतेहरूलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएर उपचार भइरहेको छ ।
घर नजिकैको कोदोबारीमा बालबालिकाहरूले खेलिरहेको अवस्थामा विस्फोट भई दुई जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका हुन् ।
घाइते बालबालिकाहरुलाई कालिकोटमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।
पुरानो सकेट बम हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…