बेवारिसे ग्रेनाइट पड्किदा बालक घाइते
फाल्गुनन्द गाउँपालिका–१ का ८ वर्षीय निरज खड्का बेवारिसे अवस्थामा भेटिएको ग्रेनाइट पट्किदा घाइते भएका छन् ।
बालक खड्काले पुस १६ गते राँके रवि सडक खण्डको इलामको फाकफोकथुम गाउँपालिका–१ र पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ स्थित जङ्गलमा पुस १६ गते बेवारिसे अवस्थालमा ग्रेनाइट फेला पारेका थिए ।
खिया लागेको ग्रेनाइटलाई खेलौना सम्झिएर खेलाउने क्रममा पुस १६ गते ग्रेनाइट विष्फोट हुँदा बालक घाइते भएको प्रहरीले जनाएको छ ।
ग्रेनाइट ब्लाष्ट हुँदा इलाम फाकफोकथुम गाउँपालिका–१ अधेँरीस्थित स्थायी घर भइ फाल्गुनन्द गाउँपालिका–१ मा बस्दै आएका मनोज खड्काका छोरा ग्रेनाइट पड्किएर घाइते भएको फात्तेप चौकीका असइ रामनारायण माझीले बताउनु भयो ।
छाँया छाती, पेट र मुखमा चोट लागेका बालकको झापा विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
जङ्गलमा हरियो डल्लो निरजका साथी १२ वर्षीय पवन खड्का र ११ वर्षीय उमेश आङदम्बेले सँगै भेटेको भएपनि ग्रेनाइट पड्किदा निरजको साथ भएकाले निरज घाइते भएको प्रहरीले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएको ग्रेनाइट द्घन्द्घकालीन समयको भएको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले बताउनु भएको छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…