बेलिव्रिज पुल बन्द हुँदा बिमारी र स्वास्थ्यकर्मी प्रभावित
सोरु गाँउपालिकाले सम्झौता अनुसार अन्तिम किस्ताको रकम ५० लाख रुपियाँ नदिएको भन्दै जलप रवी चक्र जे बी कम्पनीले माघ २५ गतेदेखि तारापानी सिप जोडने बेलिव्रिजका प्लेट निकालेर विरोध गरेपछि उक्त पुलबाट सवारी साधन चल्न नपाउदा स्वास्थ्यकर्मी, बिरामी र अध्ययन गर्न जानेआउने व्यक्ति प्रभावित भएका छन् ।
बेलिब्रिज निर्माण कार्य पुरा भएको एक बर्षसम्म गाउँपालिकाले अन्तिम किस्ता रकम ५० लाख रुपियाँ भुक्तानी नदिएपछि पुलका प्लेट निकालेर विरोध गरेको कम्पनीका संचालक बखत बहादुर मल्लले बताउनु भएको छ । निर्माण कार्य सम्पन्न भएको एक बर्ष बिति सक्दा समेत रकम नपाएपछि ठेकदारले पुलमाथिका प्लेट निकालेपछि सवारी साधन आवत जावतमा अवरोध हुँदा स्वास्थ्यकर्मी, बिरामी र अध्ययन गर्न जाने व्यक्ति प्रभावित भएका हुन ।
कुल सम्झौता रकम ३ करोड ३७ लाख रुपियाँ मध्ये २ करोड ८७ लाख रुपियाँ मात्र गाउँपालिकाले भुक्तानी गरेको र ५० लाख रुपियाँ एक बर्षसम्म नदिएको ठेकदार पक्षको गुनासो छ । यस पुलको काम बन्द हुँदा गमगढी आउने जाने व्यापारी र सामान ढुवानी गर्न समेत अवरोध पुगेको छ ।
०७६ साउनमा कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माण कार्य सम्झौत गरी ०७७ मा काम सम्पन्न गरेको थियो । आउदो हिउँदे अधिवेशनमा गाउँपालिकाले रकम छुट्याएर कम्पनीलाई भुक्तानी दिने जनाएको थियो । उक्त रकम हालसम्मपनि भुक्तानी नगरेको कारण रकम भुक्तानी नगरुन्जेलसम्म पुल नखोल्ने कम्पनीको दावी छ ।
यो पुल निर्माण भएपछि सोरु गाँउपालिका केन्द्र र अन्य बस्तीलाई सदरमुकाम गमगढी आवत जावतमा सहज भएको थियो । गाँउपालिकाले समयमै भुक्तानी नदिएको भए छिटै भुक्तानी दिएर समस्या समाधान गर्नुपर्ने हो । आज चार पाँच दिन भई सक्यो केही पहल भएको सुनिदैन सोरु गाँउपालिका–७ का छक्क बिष्टले गुनासो गर्नु भयो ।
निर्माण जिम्मा लिएको कम्पनीलाई भुक्तानी गर्न भनेर गाँउपालिकाले रकम छुट्टाएको छ । हाल प्रमुख प्रशासकीय अधिकृत जिल्ला बाहिर रहेकाले भुक्तानी गर्न नसकिएको हो । केही दिनमै भुक्तानी हुन्छ पुलमा अवरोध नगर्न ठेकदारलाई अनुरोध गरेको सोरु गाँउपालिकाका अध्यक्ष लोकबहादुर शाहीले बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…