बेपत्ता पारिएका व्यक्तिका परिवारलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारले आफूलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह गरेका छन् । बेपत्ता पारेको वर्षौँ भइसक्दा समेत आफन्तको अवस्था सार्वजनिक नहुँदा आफूहरूले धार्मिक परम्परा अनुसार काजक्रिया गर्ने/नगर्ने विषयमा अन्यौल भएको पीडितहरूले गुनासो गरे ।
बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा न्यायका लागि द्वन्द्व पीडित समाज र राष्ट्रिय मानव अधिकार आयोगको अयोजना तथा इन्सेक, हरप्लेस, रेडक्रस, एडभोकेसी फोरम र आइसीटीजेको सहकार्यमा भदौ १४ गते नेपालगञ्जमा आयोजित पीडित र सरोकारवाला निकायबिच अन्तरक्रिया कार्यक्रममा सहभागि बेपत्ता पीडितहरूले उक्त गुनासो गरेका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश केसीले नागरिक बेपत्ता पार्ने विषय लोकतन्त्रमा सुहाउँदो नभएको बताए । उनले कतिपय पीडितले अझै राहत नपाएको भन्ने प्रसङ्गमा के कति कारणले राहत नपाएको हो ? छलफल गरी समाधान गरिने बताए । व्यक्तिमा रहेको स्वार्थी प्रकृतिका कारण गैर पीडितले राहत पाएर वास्तविक पीडितले राहत पाउन छुटेको हुन सक्ने प्रजिअ केसीको भनाई छ ।
उच्च अदालत बार एशोसियसनका अध्यक्ष बलबहादुर चन्दले राज्यले बेपत्ता पारिएका व्यक्तिको लास वा सास जे छ तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष ठाकुरसिंह थारूले कति जना पीडितले हालसम्म न्याय पाए भन्ने तथ्याङ्क खोज्नुपर्ने बताउँदै बेपत्ता पारिएक व्यक्तिका परिवारले सम्पत्ति नामसारी र काजक्रिया समेत गर्न नपाएको बताए ।
बेपत्ता परिवारकी तुल्सी विष्टले १३ वर्षपछि राहत वापत ५ लाख रुपियाँ पाएको बताइन् । पीडित देवीसरा बिकले १५ वर्षभइसक्दा पनि आफूहरूको माग राज्यले सुनवाइ नगरेको आरोप लगाइन् । बेपत्ता पारिएका व्यक्तिका परिवारका भुपेन्द्र खड्काले पीडित परिवार बालबालिकालाई निःशुल्क शिक्षा, राहत र रोजगारको व्यवस्था राज्यले गर्नुपर्ने बताए ।
बेपत्ता पारिएका व्यक्ति धनिराम गोडियाकी पत्नी रिता गोडियाले हालसम्म राहत नपाएको गुनासो गरिन् । पीडित परिवारकी हिमी पोखरेलले एकल महिलालाई पेन्सन र पीडित परिवारलाई रोजगारको व्यवस्था गर्नुपर्ने माग गरिन् । न्यायका लागि द्वन्द्व पीडित समाजकी अध्यक्ष चन्द्रकला उप्रेतीले लास वा सासको अवस्था सार्वजनिक गर्नुपर्नेमा जोड दिइन् । यसैबिच बेपत्ता पारिएका व्यक्तिको सम्झनामा भदौ १४ गते नेपालगञ्जमा २५ जनाले रक्तदान गरेका छन् ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…