न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ ।
सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत प्रहरी सेवामा कार्यरत हुनुहुन्थ्यो । प्रहरीमा जागिरे भएको आरोपमा ०६१ फागुन १३ गते बिहान काठमाडौँ जान लाग्दा तत्कालिन बिद्रोही नेकपा माओवादीले साविक साँगाचोक गाविस-४ स्थित भञ्ज्याङबाट अपहरण गरी बेपत्ता बनाएका थिए ।
अपहरण भएका भाइको खोजी गर्ने क्रममा दाजु कुलबहादुर बस्नेत ०६१ फागुन १८ गते साँगाचोक स्थित मानेभञ्ज्याङमा पुग्दा भाइ कृष्णबहादुर बस्नेतलाई आँखामा पट्टी र दुवै हात पछाडि बाँधेर चउरमा लडाएर राखेको दृश्य दाजु कुलबहादुरले देख्नुभएको थियो । तर माओवादीको घेरामा रहेका भाइलाई भेट्न भने नपाएको कुलबहादुरको भनाइ छ ।
भाइलाई भोलि पठाइदिउँला भन्ने आश्वासन माओवादीले उहाँलाई दिएका थिए । भाइ भोलि घर आउँछ भन्ने आशामा खुशि हुँदै दाजु कुलबहादुर त्यसै दिन घर फर्किनुभएको थियो । कुलबहादुरलाई माओवादीले दिएको आश्वासन पुरा भएन, बरु ०६३ असार १३ गते वक्तव्य मार्फत जनताले कुटपिट गरी मारेको बताए । कृष्णबहादुर बस्नेतलाई ०६१ फागुन १८ गते माओवादीकै कब्जामा देखेका आफन्तले त्यसपछि कहिल्यै देख्न पाएनन् । सीता बस्नेत ०६१ फागुन १९ गतेपछि पनि पति भेट्न पाइन्छ की भनी तीन पटक मानेभञ्ज्याङ पुग्नुभयो, तर पनि पति भेट्न नपाएको उहाँको पीडा छ ।
बेपत्ता पतिको खोजिका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको बेपत्ता आयोगमा समेत आफूले निवेदन दिएको तर हालसम्म न्याय नपाएको सीता बस्नेतको भनाइ छ ।
इन्सेक बागमती प्रदेश कार्यालयका प्रलेख अधिकृत सोम नेपाली र इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि असोज १४ गते बेपत्ता परिवारको अवस्था जानकारी लिन सीता बस्नेतको घर पुग्दा उहाँले न्यायका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा…
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…