बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा जिल्ला प्रहरीमा उजुरी दर्ता
घोराही उपमनपा–१७ की ४० वर्षीया कृष्णा चौधरीले २३ वर्षीय पति विर्जु चौधरीलाई बलपूर्वक बेपत्ता पारिएको भन्दै दोषीको पहिचन गरी कारवाहीको माग गर्दै पुस २८ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिनु भएको छ ।
०५८ चैत १९ गते घोराही बजारबाट तत्कालिन सेनाले गिरफ्तार गरी बेपत्ता बनाएको र अहिलेसम्म पत्ता नलागेको भन्दै बेपत्ता बनाउने सेनाविरुद्ध उजुरी दर्ता गरिएको द्वन्द्वपीडित कृष्णाले बताउनु भयो ।
नाम उल्लेख नगरेपनि तत्कालिन घोराहीस्थित सेनाको व्यारेकमा कार्यरत नेतृत्व, ड्युटी अफिसरहरूविरुद्ध उजुरी दर्ता गरिएको हो ।
बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा उजुरी दिएकी कृष्णा न्यायमा ढिलाइ भएको भन्दै ०७८ भदौ १७ गते उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्नु भएको थियो ।
प्रहरीले उक्त उजुरी दर्ता नगरिदिएपछि ०७८ मंसिर ७ गते जिल्ला सरकारी वकिल कार्यालय पुगेर उजुरी दर्ता आदेश माग्नु भएको थियो ।
सरकारी वकिल कार्यालयले कानुनअनुसार दर्ता गर्नु भन्दै पत्र लेखेपछि जिल्ला प्रहरी कार्यालय दाङले देशकै पहिलो पटक द्वन्द्वकालिन अवस्थामा नागरिक बेपत्ता पार्ने कसुरमा उजुरी दर्ता गरेको हो ।
सरकारी वकिल कार्यालयले कानुन बमोजिम दर्ता गर्नु भन्दै पत्र काटेकोले माथिल्लो निकायले भनेअनुसार दर्ता गरेर अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताउनु भयो ।
उहाँले कसरी अघि बढ्ने विषयमा सरकारी वकिल कार्यालयसँग समन्वय गरेर अघि बढ्ने बताउनु भयो ।
सशस्त्र द्वन्द्वकालमा दाङका १ सय ३५ जना बेपत्ता पारिएको भन्दै खोजबिनका लागि बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा उजुरी परेका छन् ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको तथ्याङ्कमा दाङमा १ सय १३, आइसिआरसीको तथ्याङ्कमा ८७, इन्सेकको तथ्याङ्कमा ६९ र स्थानीय शान्ति समितिको तथ्याङ्कमा १ सय ३३ बेपत्ता पारिएको अभिलेख छ ।
समयमै न्याय नपाएको भन्दै पीडितहरूले निराशा व्यक्त गर्न थालेपछि इन्सेकलगायतको समन्वयमा पीडितहरू न्यायका लागि अदालती प्रक्रियामा जान थालेका हुन् ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…