बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहको प्रतिबद्धता
बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । अन्तराष्ट्रिय बेपत्ता विरूद्धको दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एडभोकेसी फोरम, द्वन्द्वपीडित साझा चौतारीलगायतको संयुक्त आयोजनामा नेपालगञ्जमा आयोजित “पीडितको अवस्था र न्याय प्राप्तिमा चुनौतिहरू” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त कुरामा प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा प्रदेश ५ का सांसद कृष्णा केसीले बेपत्ता व्यक्तिको छानविन गर्न बनेको आयोग क्रियाशील नभएको भन्दै अयोगलाई क्रियाशील बनाउनु पर्ने बताइन् । जिल्ला समन्वय समितिका अध्यक्ष अजयकुमार श्रीवस्तवले जिल्लाका आठ ओटा स्थानीय तहलाई बोलाएर भदौ मसान्तभित्र बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि कार्यक्रम बनाउन लगाउने प्रतिबद्धता गरे ।
नेपालगञ्ज उमनपाका कार्यवहाक मेयर प्रमोद रिजालले नगर भित्रका पीडित परिवाररूका लागि रोजगार शिक्षाका लागि बजेट छुट्टयाउने प्रतिबद्धता गरे । रिजालले प्रदेश र स्थानीय तहले बेपत्ता परिवार रोजगारी, शिक्षा, स्वास्थ्यका लागि बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । उनले पीडित परिवारका बालबालिकाहरूलाई नगर भित्र सामुदायिक र निजी विद्यालयमा निशुल्क पठनपाठन गराउन सकिने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका निर्देशक चन्द्रकान्त चौलागाईले बेपत्ता पारिएका व्यक्तिहरूको संस्मरण र परिवारप्रति सहानभूति प्रकट गर्न बेपत्ता विरूद्धको दिवस मनाइने गरेको बताउँदै यसलाई रहरका रूपमा नलिन आग्रह गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले कार्यदलको प्रतिवेदनमा नपरेका पीडितहरूलाई पनि कार्यदलमा सूचीकृत हुन आग्रह गरे । कार्यक्रमको सहजीकरण गर्दै एडभोकेसी फोरमका बसन्त गौतमले बेपत्ता पारिएका व्यत्तिःका परिवारलाई सम्पत्ति हस्तान्तरण, घर व्यवहार चलाउन समस्या, बालबालिकाहरू लालनपालन र पठनपाठनको समस्या रहेको बताए ।
वेपत्ता विरूद्धको सन्दर्भमा बलपूर्वक बेपत्ता पारिएका सबै नागरिकहरूको सङ्रक्षणसम्बन्धी अन्तराष्ट्रिय माहासन्धि–२००६ अनुमोदन गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर सङ्कलन गरिएको छ । यसैगरी सो अवसरमा २२ जनाले रक्तदान गरेका थिए । बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक गर्न दिउँसो १२ बजे मैनवत्ति जलाएर सरकारको ध्यानाकर्षण समेत गराइएको बेपत्ता परिवार, द्वन्द्व पीडित तथा एकल महिला समाजकी चन्द्रकला उप्रेतीले बताइन् ।
इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार ओलीका अनुसार बेपत्ता पारिएका व्यक्तिका परिवारहरूले आफ्ना सदस्यको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । शान्ति प्रक्रिया सुरू भएको १२ वर्ष बितिसक्दा पनि बेपत्ता पारिएका आफन्तहरूको बारेमा सरकारले खोजबिन गर्न बेवास्ता गरेको भन्दै पीडितहरूले गुनासो गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि बेपत्ता छानविन आयोग गठन भएपनि अहिलेसम्म आयोगले उजुरी लिने बाहेक कुनै काम गर्न नसकेको द्वन्द्वपीडित मेघमाली बुढाको आरोप छ ।
रोल्पा जिल्लामा सशस्त्र द्वन्द्वको समयमा १ सय १७ जना व्यक्ति बेपत्ता पारिएको भन्दै आफन्तहरूले खोजविनको लागि बेपत्ता छानविन आयोगमा उजुरी दिएका छन् । आयोग गठन भएको चार वर्ष पुग्न लाग्दा समेत पीडितहरूको उजुरी माथि छानविन हुन नसक्नु दुखद् विषय रहेको मानव अधिकारकर्मी खेम बुढाले बताए ।
विस्तृत शान्ति सम्झौतामै बेपत्ता पारिएका व्यक्तिको बारेमा पीडित परिवारलाई न्याय दिलाउनु भनिएकाले आयोगका लागि सम्पुर्ण कानुन बनाएर तत्काल पीडितहरूको उजुरी किनारा लगाउनु पर्ने पीडितहरूले माग गरेका छन् ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
रास्वपाका कार्यकर्ताद्वारा कुटपिट गरेको घटनाको विरोध
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधका उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार सङ्कलन गर्न पुगेका नेपाल पत्रकार महासङ्घका सदस्य तथा…
अदालत परिसरबाट एक बन्दी फरार, खोजी कार्य जारी
नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का ३६ वर्षीय बुद्धि भनिने अमरबहादुर लामा दिउँसो साढे १२ बजेतिर कारागारबाट भागेको कारागार प्रशासनले जनाएको छ । लामा रसुवा जिल्ला अदालतमा तारेख लिन जाने क्रममा…
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै !
बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै गएको पाइएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…