बेपत्ता नागरिकको अवस्था सार्वजनिक गरः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको १० वर्षहुनै लाग्दा समेत बेपत्ता व्यक्तिहरूको खोजविन गरी स्थिति सार्वजनिक नगरिनु दुःखद पक्ष भएको भन्दै उनीहरूको खोजविन गरी स्थिति सार्वजनिक गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
बलपूर्वक बेपत्ता पारिनबाट संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा भदौ १३ गते विज्ञप्ति जारी गर्दै आयोगले तत्कालीन नेकपा माओवादीद्वारा घोषित सशस्त्र द्वन्द्वको क्रममा सुरक्षा निकाय तथा द्वन्द्वरत पक्षबाट बलपूर्वक व्यक्ति बेपत्ता पार्ने तथा अपहरण गर्ने कार्य भएको जनाउँदै बेपत्ता नागरिकको स्थिति अविलम्ब सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
आयोगमा विभिन्न समयमा उजुरीहरू परेको र खोजविनको क्रममा आवश्यकता अनुसार आयोगले शवोत्खनन कार्य गरी स्थिति सार्वजनिक गर्दै आएको जनाएको छ । आयोगले बेपत्ता पारिएका भनि आयोगमा पर्न आएका उजुरीहरू मध्ये ८ सय ४२ जनाको अवस्था हालसम्म पनि अज्ञात रहेको जनाएको छ ।
'लामो समयसम्म बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक नहुँदा पीडित परिवारमा अनेक कानुनी अड्चन तथा थप मनोसामाजिक असर परेको देखिन्छ । राष्ट्रिय मानव अधिकार आयोगबाट व्यक्तिलाई बेपत्ता पार्ने कार्यमा संलग्न दोषी किटान गरी सिफारिश गरिसकेको अवस्थामा पनि कानुनी कारबाही अघि नबढाउँदा दण्डहीनताको अवस्था रहेको आयोगको ठहर छ ।'-विज्ञप्तिमा भनिएको छ ।
रामकुमारी श्रेष्ठ
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…