बेपत्ता घटनाका आरोपित विरूद्ध उजुरी
सशस्त्र द्धन्द्धकालमा नेत्रप्रसाद बराललार्ई बेपत्ता पारेको भन्दै पोखरास्थित फुलबारी व्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङविरूद्ध फागुन २९ गते पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएका छन् ।
२०६० साल कात्र्तिक १९ गते सुबेदार गुरुङको नेतृत्वमा खटिएको टोलीले कास्कीको भरतपोखरीबाट आफ्नो छोरा नेत्रप्रसाद बराललाई नियन्त्रमा लिएर बेपत्ता पारेको भन्दै पोखरा महानगरपालिका– ३० का अणनाथ बरालले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनु भएको हो ।
अणनाथ बरालले प्रहरी र सरकारी वकीलको कार्यालयमा उजुरी दिँदा नलिएपछि २०७८ मंसिर २७ गते उच्च अदालत पोखरामा उजुरी दिनु भएको थियो । उच्च अदालतले २०७९ मंसिर १३ गते उजुरी दर्ता गरी प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । उहाँका अनुसार प्रक्रियागत रूपमा जाँदा उजुरीदर्ता गर्न केहि ढिला भएको हो ।
निवेदनमा गौरकानूनी पक्राउ र वेपत्ता सम्बन्धी कसुर अनुसार दोषीलाई कारवाही गर्न माग गरिएको छ । जिल्ला प्रहरी कार्यायलका डीएसपी तथा प्रवक्ता श्रवणकुमार बि.क.ले उजुरी दर्ता भएको र अनुसन्धान प्रक्रियालाई अगाडि बढाइने बताउनु भयो ।
नारायण केसी
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…