बेपत्ताहरूको खोजीमा सरकार गम्भीर छः कानुनमन्त्री श्रेष्ठ
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले देशमा भएका विभिन्न राजनितिक आन्दोलनहरूमा बेपत्ता भएका व्यक्तिहरूको खाजीकार्यमा सरकार गम्भीर रहेको बताउनु भएको छ ।
बलपूर्वक बेपत्ताविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले बुझाउनुभएको ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले द्वन्द्वपीडितहरूको न्याय तथा परिपुरणको लागि सङ्घीय सरकार र प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
पीडितलाई न्यायको प्रत्याभूति दिलाउनु पर्ने राज्यको दायित्व भएकाले बागमती प्रदेश सरकारले प्रदेशभित्रका बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा चासो र चिन्ता लिँदै बेपत्ता पारिएका व्यक्तिहरूका पीडित परिवारलाई सत्य, न्याय र परिपूर्णको व्यवस्थाको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको पनि मन्त्री श्रेष्ठले बताउनु भयो ।
ज्ञापन पत्र बुझाउँदै इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले द्वन्द्वपीडितको सवाल राजनीतिसँग जोडिएको भएता पनि चुनावी मुद्दा मात्र बन्ने गरेको बताउनु भयो । द्वन्द्वपीडितका सवाल राजनीतिक दलको मुद्दा बन्ने गरेको तर समाधान गर्न राजनीतिक दल र सरकार स्वयम् नै अग्रसर नदेखिएको उहाँले बताउनु भयो ।
संयोजक भण्डारीले 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक' संसदमा पेश भए पनि पास हुन नसक्दा अझै पीडित परिवार पीडित बन्दै गएको बताउनु भयो ।
बल पूर्वक बेपत्ताविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले इन्सेकद्वारा प्रकाशित 'उनिहरू कहाँ छन् ?' पुस्तक पनि मन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…