बेनी अस्पतालमा बिरामीको चाप बढ्दो, दक्ष जनशक्तिको अभावले उपचारमा समस्या
बेनी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ तर उपचारका लागि दक्ष जनशक्तिको अभाव हुँदा उपचारमा समस्या आएको छ । पछिल्लो एक हप्ता १ हजार ४ सय ७० बिरामीहरु बेनी अस्पतालको बहिरंग विभागमा उपचारका लागि आएका छन् । अस्पतालमा जनशक्तिको कमीले गर्दा अत्यन्त जटिल उपचार मानिने डाइलासीस सेवा नै कुनै पनि समय बन्द हुने सक्ने सम्मको अवस्थामा भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
बहिरंग विभागमा सेवा लिन आउनेहरुमा अधिकांशमा भाइरल इन्फेक्सन, ज्वरो, टाउको दुख्ने तथा आँखा सम्बन्धी रोगका बिरामीहरु आउने गरेको बेनी अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर अञ्जु थापाले बताउनुभयो । उहाँ भन्नुहुन्छ–‘मौसम पनि भएर होला, बिरामीको चाप उच्च छ, त्यस माथि कर्मचारी नहुँदा निकै गाह्रो भएको छ ।’ दैनिक रुपमा इमर्जेन्सी तथा ओपीडीमा गर्दा ३ सय हाराहारीमा बिरामी आउने बेनी अस्पतालमा स्थायी दरवन्दीका दुई जना मात्रै डाक्टरले कसरी सेवा दिन सकिएला थापाले बताउनुभयो ।
५० शैय्याको बेनी अस्पतालमा दरवन्दी रहेका २ जना मात्रै डाक्टरहरु कार्यरत रहेको बेनी अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको करार दरवन्दीबाट गत आर्थिक वर्षमा आएका १३ जनाको करार सकिएपछि अस्पताल सञ्चालनमै समस्या भएको छ । आमा सुरक्षा कार्यक्रमबाट आएका तीन जना पनि करार सकिएपछि अस्पतालबाट बाहिरीए पछि अस्पताल सञ्चालनमै निकै समस्या भएको उहाँले जानकारी दिनुभयो ।
अहिले अस्पतालमा दरवन्दीका दुई सहित अन्य श्रोतबाट अहिले चार जना रेजिडेण्ट, तीन जना कन्सल्टेन्ट र पाँच जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । दैनिक ३ सय भन्दा बढी बिरामी आउने र भर्ना भएर उपचार गर्ने बिरामीहरुको संख्या पनि त्यस्तै हुँदा न्यून संख्याका डाक्टरहरु आफै बिरामी पर्ने अवस्थामा पुगेका छन् ।
स्थायी दरवन्दीको डाक्टरलाई प्रदेशले अन्य जिल्ला पठाएर झनै अप्ठेरो पारेको अस्पतालमै कार्यरत एक मेडिकल अधिकृतले भन्नुभयो । थप्ने तर्फ चासो छैन भएकालाई पनि प्रदेशले अन्यत्र पठाउने गर्दा अस्पतालको सेवा नै ठप्प हुने अवस्था सृजना हुन लागेको उहाँको भनाई छ ।
आर्थिक वर्ष २०७९÷०८० को प्रदेश करार सम्झौता अन्तर्गत कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको नयाँ आर्थिक वर्षका लागि प्रदेशबाट म्याद थप नभएकोले अस्पतालका इमर्जेन्सी, ल्याब, इन्डोर वार्ड, डायलासिस लगायतका नियमित सेवाहरु समेत प्रभावित भएको अस्पतालले एक सूचना प्रकाशन गरेरै जानकारी दिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशन गरेर नियमित तथा निरन्तर सेवा प्रवाहमा असहजता तथा कठिनाई आइपर्ने भएकाले सेवाग्राहीमा असुविधा पर्न सक्ने भन्दै सचेत गराएको छ ।
अमृप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…