बेचबिखन तथा ओसारपसार घटनाको फैसला भएको २३ वर्षपछि गिरफ्तार

  ०७७ चैत ३० गते

१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार गरेको छ ।

०५२ साल माघ २५ गते ललाईफकाई भारतको दिल्लीमा लगेर बेचबिखन गर्ने कार्यमा सङ्लग्न रहेको कसुरमा ०५४ पुस २५ गते जिल्ला अदालत, कञ्चनपुरले जीउ मास्ने बेच्ने मुद्दामा पाँच वर्षको कैद सजायको फैसला गरेको थियो ।

२५ वर्षदेखि फरार सूचीमा रहेका दबै जनालाई चैत २९ गते  प्रहरीले गिर्फतार गरी जिल्ला अदालत, कञ्चनपुरमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले इन्सेक जिल्ला प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।


कोमलनिरन्जन भाट