बेचविखन गरेको कसुरमा २० वर्षकैदको फैसला

  ०७३ पुस १७ गते

२४ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा जिल्ला अदालतले तनहुँ जिल्ला पूर्कोट-६ की ३७ वर्षीया शोभा सापकोटालाई २० वर्षकैद हुने फैसला गरेको छ ।

पुस १७ गते आइतबार भएको फैसलामा अतिरिक्त जिल्ला न्यायाधीश नारायण सुवेदीले २० वर्षकैदका साथै २ लाख जरिबाना र पीडितलाई १ लाख रुपियाँ पुनःस्थापना कोषबाट भराउने फैसला गरिएको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।

पीडित महिलालाई ०७३ जेठ महिनामा भारत देहरादुन पुर्‍याएर कोठीमा विक्री गरेको आरोपमा पीडित महिलाकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा ०७३ असोज २८ गते मानव बेचविखन विरुद्ध उजुरी दिएकी थिइन् । मौखिक उजुरीका आधारमा सापकोटालाई असोज २१ गते गिरफ्तार गरेको थियो ।


दिपेन्द्र अधिकारी