बेचविखन गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता
२३ वर्षीया महिलालाई बेचविखन गरेको अरोपमा रुपन्देहीको बुटवल उमनपा-४ की ३५ वर्षीया सुकमाया परियारविरुद्ध माघ ११ गते नवलपरासी प्रहरीमा उजुरी दर्ता गरिएको छ ।
वैदेशिक रोजगारीको लागि कुबेत पठाउने भन्दै नेपाल भारत सिमाना महेशपुर हुँदै दिल्लीबाट दुबई पुर्याई विक्री गरेको पीडित पक्षको आरोप छ ।
पीडित महिलाले आफूलाई विक्री गरी दुबई पुर्याएको र कोठीमा बन्धक बनाई राखेको बताउँदै माघ ११ गते आमालाई फोनमार्फत जानकारी गराएपछि पीडितकी आमाले प्रहरीमा उजुरी दिएकी हुन् । पीडित महिलाकी आमाका अनुसार पीडितलाई उक्त स्थानबाट पनि कुवेत अथवा सिरिया पठाउने तयारी भइरहेको छ ।
उजुरी दर्ता गरेपछि जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रकाश सापकोटाले आरोपितलाई गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको बताए ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…