बेचबिखन हुन सक्ने आशङ्कामा एक युवतीको उद्धार

विवाह गर्ने बहानामा सिमाना पार गराउन लागेकी २२ वर्षीया युवतीलाई प्रहरीले उद्धार गर्नुका साथै घटनास्थलबाट एक आरोपितलाई गिरफ्तार समेत गरेको छ ।

पुस २५ गते बेलुकी कपिलवस्तु स्थित कृष्णनगर सिमाना नाकाबाट प्रहरीले युवतीलाई उद्धार गर्नुको साथै मानव बेचबिखन गराउन सक्ने आशङ्कामा बाणगङ्गा नपा-२ की पार्वती भट्टराईलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले गिरफ्तार गरेको हो ।

विवाहको बहानामा सिमाना पार गर्दै गरेकी युवतीका परिवारलाई विवाह गर्ने भन्ने बारेमा जानकारी नभएको भेटिएपछि उद्धार गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका इन्स्पेक्टर सुवास गैरेले जानकारी दिएका छन् ।


नन्दराम पौडेल