बेचबिखन हुनसक्ने आशङ्कामा पाँचजना बालकको उद्धार
नौ वर्षीय एक जना, ११ वर्षीय दुई जना, १२ र १४ वर्षीय एक/एक जना गरी पाँच जना बालकहरूलाई प्रहरीले बुटवलको बेलबासबाट पुस १० गते राति उद्धार गरेको छ ।
बालकहरूलाई पालनपोषण गर्ने र राम्रो शिक्षा दिक्षा दिने प्रलोभन देखाएर ल्याएको भएपनि आरोपितले बेचबिखनको लागि लैजान लागेको आशङ्कामा उद्धार गरिएको प्रहरीको भनाई छ ।
बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले घटनास्थलबाट देवदह नपा-६ घरभई सहारा बालगृह सञ्चालन गर्दै आएका ३५ वर्षीय शङ्कर प्यासी, भारतको मुम्बई घर भएकी ३६ वर्षीया बन्दना प्यासी र जिल्ला मुगु खत्याड गाउँपालिका-१ की २४ वर्षीया गीता बुढालाई बेलबासमा रहेको सहारा घरबाट पुस ११ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालकहरू सबै मुगु जिल्लाका भएको र उनीहरू राम्रोसँग आफ्नो ठेगाना बताउन नसक्ने र आफूहरूलाई बेचबिखनको लागि भारत लैजाँदैछन् भन्ने थाहा पाएपछि बालकहरू सहारा घरबाट भागेर सडकमा हिँड्दै गर्दा गस्ती प्रहरीले भेटेर नयाँगाउँबाट उद्धार गरेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए ।
उद्धार गरिएका बालकहरूलाई तत्काल संरक्षणको लागि रूपन्देहीस्थित अनाथ आश्रममा राखिएको र अभिभावकसँग समन्वयको प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…