बेचबिखन प्रयास घटनाका पीडित ६ जना युवतीको उद्धार
यशोधरा गाउँपालिका अन्तर्गत रहेको खुनुवा भन्सार नाकाबाट ६ जना युवतीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मर्यादपुरले चैत ५ गते उद्धार गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा बाँके जिल्ला कोहलपुर घर भएका ४९ वर्षीय गणेश खत्रीलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय सुठौलीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सुनसरी र कपिलवस्तुका दुई/ दुई, झापा र दैलेखका एक/एक गरी ६ जना २० देखि ४० वर्ष उमेर समूहका युवतीलाई राम्रो जागिर लगाइदिने भन्दै भारततर्फ लैजाँदै गरेको अवस्थामा छोटी भन्सार नाका खुनुवामा खटिएको सशस्त्र प्रहरीले सोधपुछ गर्दा बेचबिखनमा पर्न सक्नेदेखि उद्धार गरेर इलाका प्रहरी कार्यालय सुठौलीलाई बुझाएको थियो ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…