बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई भारतमा लगि बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले असोज ६ गते तीन जनालाई गिरफ्तार गरेको छ ।

गत असार १३ गते भारतमा राम्रो काम लगाइदिने आश्वासनमा जोगवनी नाका पुर्‍याएको आरोपमा प्रहरीले इटहरी उमनपा-१२ का २३ वर्षीय दीलिपकुमार दास, इनरूवा नपा-४ का २४ वर्षीय मकरुद्दिन मियाँ र इनरूवा नपा-५ की २१ वर्षीया पुजा रामलाई गिरफ्तार गरेको हो ।

आरोपितहरूले असार १३ गतेदेखि जोगवनी नाकामा नजरबन्दमा राखेपछि आफूले रोईकराई गरेपछि उनीहरू भागेको पीडितले बताइन् ।

असार १५ गते इलाका प्रहरी कार्यालयमा आरोपितहरूविरूद्घ पीडितले मानव बेचबिखन विरूद्घको उजुरी दिएपछि उनीहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तारीमा परे लगत्तै आरोपितहरूलाई जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतले थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज आचार्यले बताए ।


जयकृष्ण यादव