बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले काँकडभित्ता नाकाबाट असोज ३ गते उद्दार गरेको छ भने एक जना आरोपितलाई गिरफ्तार गरेको छ ।

गिरप्mतार हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ नक्सालवादी थाना स्थायी घर भई सुनसरीको इटहरी नगरपालिका–७ माइतीघर बस्ने ३० वर्षीया लिला माझी रहेको प्रहरीले जनाएको छ ।

आरोपितले पीडित बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर ललाइफकाई बेचबिखनका लागि लैजान लागेको आशंकामा युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, बुटवलका सई बाबुराम पुरीले बताए ।


रीमा बि.सी.