बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार
१३ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको शितगङ्गा नगरपालिका-११ का २५ वर्षीय सन्तोष बिकलाई वैशाख १३ गते गिरफ्तार गरेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटा र मानव बेचबिखन तथा ओसारपसारविरूद्धको निगरानी तथा गस्ती टोलीले वैशाख १३ गते चन्द्रौटाबाट बालिकाको उद्धार गर्नुका साथै आरोपितलाई गिरफ्तार गरेको हो ।
१३ वर्षीया बालिकालाई बाल विवाह गरेको तथा बालिकाको घरमा सम्पर्क गर्दा बालिकाले मम्मीलाई भेट्न भारत जान लागेको भनी परिवारलाई जानकारी दिएकाले फरकफरक कुरा आएपछि बेचबिखन प्रयास गरेको आरोपमा आरोपितलाई गिरफ्तार र पीडित बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उक्त टोलीले यसैसाता मकवानपुरकी २१ वर्षीया युवती र गुल्मी घर भई नारायणघाट बस्दै आएकी ३२ वर्षीया युवतीलाई उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…