बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई विवाहको नाटक गरेर भारतमा पुर्याई बेचबिखनको प्रयास गरेको आरोपमा तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई फकाई-फुलाई दुई जना भारतीय नागरिकसँग मिलेर कोहलपुर नपाकी २८ वर्षीया शीतली नेपालीले बेचबिखनको तयारी गरेको प्रहरीको आरोप छ ।
भारत पिलिभितका ३२ वर्षीय सुर्यजीत सिंहसँग मिलेर दुई सन्तानका बावु २२ वर्षीय भारतीय नागरिक सत्नाम ठाकुरसँग बालिकाको विवाह गर्ने भन्दै बालिकालाई फकाएको प्रहरीले जनाएको छ ।
चैत ११ गते बिहान सात बजे चप्परगौडीमा 'फोटो खिच्न' भनी बालिकालाई उनीहरूले ल्याएका थिए । चप्परगौडीबाट कोहलपुर, नेपालगञ्ज हुँदै नाका पार गराउने उनीहरूको रणनीति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चप्परगौडीबाट बालिका भागेर माइजु कहाँ पुगेर सबै कुरा बताएकी थिइन् ।
इलाका प्रहरी कार्यालय, कोहलपुरले चैत १३ गते पत्रकार सम्मेलन गरेर घटनाको सार्वजनिक गरेको थियो । प्रहरीले नेपाली र दुई भारतीयलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको छ ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…