बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ असार २७ गते

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित लालबन्दी नगरपालिका-३ जब्दीका ३३ वर्षीय मोहन प्रसाद यादवविरुद्ध ०८१ असार २५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजरी दिनु भएको छ ।

रोजगारीको प्रलोभन र पाँच हजार रुपियाँ नगद दिई ०८१ असार १७ गते बालकलाई भारतको विहार राज्य पटना लग्दै गर्दा गस्तीमा खटिएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी टोलीले आरोपितलाई सोध पुछ गर्न खोज्दा आरोपित बालकलाई छाडी फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

बालकलाई उद्धार गरी परिवारजनको जिम्मा लगाई आरोपितको खोजतलास गरिरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।


बुधन साह