बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बेचबिखनका लागि भारत लैजान खोजेको आरोपमा प्रहरीले भारत स्थायी घर भइ इनरूवा नगरपालिका-२ मा बस्दै आएका २० वर्षीय शङ्कर सरदारलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० कात्तिक २१ गते कोशी गाउँपालिका-८ भण्टावारी भीमनगर नाकाबाट भारततर्फ लैजान खोजेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीले बताउनु भयो ।

आरोपितविरूद्ध पीडित पक्षले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।


जयकृष्ण यादव