बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया र ३० वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट फागुन २१ गते उद्दार गरी एक जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ ।
प्रहरीका अनुसार बुटवल उमनपा-११ बुद्धनगरकी ५० वर्षीया फुलमाया चौधरीलाई गिरफ्तार गरिएको र उनकी २६ वर्षीया छोरी प्रमिला चौधरी फरार रहेकी छन् ।
पीडित महिलाहरूलाई कुवेतमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर आरोपितहरूले बुटवलबाट दिल्ली जाने बसमा चढाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ ।
कुवेत जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकाले बेचविखनका लागि लैजान लागेको र कुवेत पठाउने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
त्यसैगरी ३४ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट फागुन २० गते उद्दार गरेको छ ।
उक्त घटनाका आरोपितहरू कञ्चन गाउँपालिकाका ३७ वर्षीया मीना बिक र कञ्चन गाउँपालिका हरैयाका ४५ वर्षीय राजु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ ।
पीडित महिलाहरूलाई कुवेतमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर आरोपितहरूले बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ ।
कुवेत जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकाले बेचबिखनका लागि लैजान थालेको र कुवेत पठाउने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…