बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई भारतमा लगी बेच्न खोजेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–१६ स्थित शङ्कराचार्य प्रवेशद्वार नजिकबाट चितवन जिल्ला भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क बस्दै आएका २८ वर्षीय राजु अधिकारीलाई माघ १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिका परिवारको सम्पर्कमा नभएको एक महिना पुगेको छ । उनको खोजतलास भइरहेको थियो ।
आरोपितले शङ्कराचार्यद्वार हुँदै भारततर्फ लैजान लाग्दा बालिकालाई फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
आरोपितले पीडित बालिकासँग एक महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाएर अर्घाखाँची लगी विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई बीरगंज बसपार्कसम्म ल्याएको प्रहरीको आरोप छ ।
पर्सा जिल्ला अदालतबाट माघ ११ गते सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताउनु भयो ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…
रोल्पा कारागारमा एक जना कैदीद्वारा झुण्डिएर आत्महत्या
रोल्पा कारागारमा अपराधिक लाभ मुद्दामा कैद भुक्तान गरी रहेका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयबिक्रम शाह जेठ ४ गते झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जेठ…