बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिका र २० वर्षीया युवतीलाई बेचबिखन गर्न खोजेको आरोपमा पीडित पक्षले झापा जिल्ला बिर्तामोड नपा–९ का २० वर्षीय लक्ष्मी दास र सुनसरी जिल्ला इटहरी नपा–१२ का १९ वर्षीय खुश्वु विश्वकर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा असार १३ गते उजुरी दिएको छ ।
आरोपितद्वयलाई प्रहरीले बीरगंज महानगरपालिका–१६ इनर्वाबाट असार १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
आरोपितहरूले पीडित बालिका र युवतीलाई बीरगंज शहरमा पुर्याइ अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई बीरगंज बसपार्कसम्म ल्याएको आरोप छ ।
बीरगंजबाट काम गर्ने ठाउँसम्म जानु पर्ने भन्दै झुक्याएर भारतको बिहार राज्यको छौँडादानो भन्ने स्थानमा पुर्याएका थिए ।
त्यहाँ मोबाइल फोन खोसी एक कोठामा राखी भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको बेला नेपाल र भारतीय प्रहरीले उद्धार गरेको हो ।
पीडित बालिका र युवतीको स्वास्थ्य परीक्षण नारायणी अस्पताल बीरगंजमा असार १३ गते गरिएको डिएसपी खनालले बताउनु भयो ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…