बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार र बेचबिखन, ओसारपसार तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–२० का २० वर्षीय फिरोज शेखलाई साउन ६ गते गिरफ्तार गरेको छ ।
घरबाट कम्प्युटर कक्षाका लागि कञ्चनरुप नपा–८ बेरियर चोकस्थित एक कम्प्युटर सेन्टरमा गएको बेला असार ३१ गते दिउँसो बालिका अपहरणमा परेको पीडित परिवारले जनाएको छ ।
आरोपितले बालिकालाई प्रलोभनमा पारी अपहरण गरी विभिन्न होटलमा राखी बलात्कार गरी विभिन्न ठाउँमा बन्धक बनाई गाडीमा चढाई भारत लगी बेचबिखन गर्न खोजेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा साउन ५ गते उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले साउन ५ गते मानव बेचबिखन, ओसारपसार तथा शरीर बन्धक र बलात्कारको उजुरी दर्ता गरेको छ ।
विभिन्न होटलमा बस्दा राखेको आरोपितको नागरिकता, मतदाता परिचय पत्र र मोबाइल नम्बरको आधारमा लोकेशन पत्ता लगाउँदै नेपालगञ्ज पुगेका पीडितका परिवारका सदस्यहरूले नेपाल भारत सीमा रुपैडिया बोर्डर पार गरी भारततर्फ लैजान लागेको बेला भारतीय प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
आरोपितलाई बाँके प्रहरीको सहयोगमा सप्तरी ल्याएपछि कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी रामकुमार यादवले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको…