बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर २८ गते

३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १७ गते राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत भन्दै पीडित पक्षले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय, कृष्णनगरमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते बहादुरगंज अस्पताल, बहादुरगंजमा भयो ।


रीमा बिसी