बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-१ का ३४ वर्षीय नेमा लामाविरूद्ध पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको छ ।

पीडित मलिलालाई आरोपितले जागिरमा लगाइदिने प्रलोभनमा पारेर ०७५ जेठ १५ गते मेलम्ची नगरपालिका-८ डाँडाथोकबाट काठमाडौँ लगेको र पीडित महिला हालसम्म पनि सम्पर्कमा नआएको भन्दै पीडित पक्षले आरोपितविरूद्ध मानव बेचबिखन तथा ओसारपसार गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालयमा उजुरी दिएको हो ।

उक्त घटनापछि हालसम्म फरार रहेका आरोपित लामाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।


नातिबावु धिताल