बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
२०, २१, २२ र २५ वर्षीया महिलाहरूलाई जिल्लाका विभिन्न स्थानबाट ल्याई आर्थिक प्रलोभनमा पारी याैन जन्य कार्य गराएका आरोपित कलैया उपमहानगरपालिका-५ घुसुकपुरका ३० वर्षीय श्यामसुन्दर प्रसाद यादवलाई ०८१ साउन १ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेकाे छ ।
पीडितहरूले आराेपितविरुद्ध साउन १ गते जिल्ला प्रहरी कार्यालयमा दिएकाे उजुरीकाे आधारमा आराेपित यादवलाई साेही दिन गिरफ्तार गरेकाे प्रहरीले जनाएकाे छ ।
आरोपित यादवले सञ्चालन गरेको रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा विभिन्न ठाउँबाट महिलाहरू बोलाएर ल्याएको र आर्थिक प्रलोभनमा पारिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरीले साउन १ गते चार जना महिलाहरूको उद्धार गरी साउन २ गते परिवारको जिम्मा लगाएको डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा साउन २ गते भएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट अजय गुप्ताले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयले आरोपितलाई साउन २ गते सार्वजनिक गरी आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको डिएसपी न्यौपानेले बताउनु भयाे ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…