बेचबिखन घटनाका पीडित तीन महिलाको उद्धार र आरोपित गिरफ्तार
राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले रूपन्देही जिल्लास्थित बेलहिया नाकाबाट माघ १८ गते तीन महिलाको उद्धार र पाँचथर जिल्ला फत्तिम गाविस-९ की ३७ वर्षीया राजकुमारी चोम्जोङलाई गिरफ्तार गरेको छ ।
भारतको बाटो हुँदै घरेलु कामदारको रूपमा कुवेत लैजाँदै गर्दा रौतहट जिल्लाकी ३१ र २४ वर्षीया दुई र बाराकी २३ वर्षीया एक महिलालाई बेलहिया नाकाबाट प्रहरीले उद्धार गरेको हो ।
वैदेशिक रोजगारीका लागि कुवेत जान भन्दै हिँडेका महिलाहरूसँग पासपोर्ट, नागरिकतालगायत आवश्यक कागजात केही पनि नभएको र पीडित महिलाहरू तथा रोजगारीमा लैजाने व्यक्तिका बिचमा राम्रो चिनजान समेत नभएकोले मानव बेचबिखन हुन लागेको आशङ्कामा आरोपितलाई गिरफ्तार र पीडित महिलालाई उद्धार गरिएको प्रहरीले जनायो ।
घटनामा संलग्न रहेको अरोपित ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय भिमबहादुर मगर र अन्दाजी ३५ वर्षीय भिम दुलाल फरार रहेको प्रहरीले जनाएको छ । फरार आरोपितद्वयको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रका सई लक्ष्मण बिकले जानकारी दिए ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…