बेचबिखन घटनाका पीडितको उद्धार, आरोपित गिरफ्तार
३४ वर्षीया र २३ वर्षीया दुईजना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले बेलहिया नाकाबाट साउन २२ गते दिउँसो उद्धार गरी दुई जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ ।
प्रहरीले तिलोत्तमा नगरपालिका-१७ का २१ वर्षीय विष्णुप्रसाद पाण्डे र तिलोत्तमा नगरपालिका-१० का ३१ वर्षीय भिमबहादुर पुनलाई गिरफ्तार गरेको जनाएको छ । बुटवल उपमहानगरपालिका-११ का ४५ वर्षीय नरबहादुर गुरुङ फरार रहेको पनि प्रहरीले जनाएको छ ।
दुवई जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएको र आरोपित र पीडितबिच राम्ररी चिनजान समेत नभएकोले बेचबिखनका लागि लैजान थालेको र दुवई पठाउने भन्ने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…