बेचबिखन घटनाका कसुरदार गिरफ्तार

  ०७९ वैशाख ७ गते

मानव बेचबिखनको कसुरका फरार प्रतिवादी ठोरी गाउँपालिका-४ निर्मलबस्तीका ५७ वर्षीय बिष्णुबहादुर थापालाई प्रहरीले वैशाख ७ गते गिरफ्तार गरेको छ ।

थापाले ०४६ साल भदौ १८ गते जीउ मास्ने बेच्ने वरदातमा संलग्न रहेका थिए । त्यतिबेलादेखी नै 'फरार' रहेका थापाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला न्यायधिवक्ताको कार्यालयमार्फत पार्स जिल्ला अदालतमा अभियोजन गरेको थियो ।

पर्सा जिल्ला अदालतले ०६१ चैत १४ गते थापाविरुद्ध अभियोग दावी पुग्ने भन्दै १० वर्ष कैद र २५ हजार रुपियाँ जरिबाना हुने फैसला गरेको थियो ।

फरार रहेका थापा उदयपुर जिल्लाको कटारी नगरपालिका-३ मा लुकीछिपी बस्दै आएकोमा वैशाख ७ गते उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो । थापालाई पर्सा जिल्ला अदालत बुझाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


कृष्णचन्द्र लामिछाने