बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत ८ गते

४२ वर्षीया एक महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले धादिङ झारलाङ-१ की ३७ वर्षीया डोमा तामाङलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई चैत ७ गते शान्ति पुर्नस्थापना केन्द्रको सहयोगमा प्रहरीले गौरीफण्टा नाकाबाट उद्धार गरेको थियो ।

धनगढीबाट भारतको दिल्ली जाने बसमा सोधपुछ गर्ने क्रममा पीडित महिलालाई उद्धार गरिएको र आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरबहादुर बुढामगरले बताए ।


रविना चौधरी