बेचबिखन घटनाका आरोपित गिरफ्तार
२० वर्षीया र १९ वर्षीया दुई महिलासहित एक वर्षीय एक बालकलाई बेचबिखनको उद्देश्यले भारत पुर्याएको आरोपमा दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका २३ वर्षीय फूर्वा छिरिङ तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपित तामाङलाई भारततर्फ जाँदै गर्दा कपिलवस्तु जिल्लाको कृष्णनगर नाकाबाट साउन ३० गते गिरफ्तार गरी नुवाकोट ल्याएर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा साउन ३२ गते अदालतबाट म्याद थप गराएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विनोद ढकालले जानकारी दिनु भयो ।
पीडितहरूलाई आरोपितले साउन १५ गते भारततर्फ लगेको भन्दै उनीहरूको परिवारले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासको निवेदन दिएका थिए ।
खोजतलासको क्रममा आरोपित गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न दुप्चेप्वर गाउँपालिका–१ कै २५ वर्षीय सूर्यमान तामाङ र ३१ वर्षीय मङ्गले तामाङ फरार रहेको इन्स्पेक्टर ढकालले जानकारी दिनु भयो । पीडित महिला र बालकको अवस्था भने हालसम्म थाह हुन नसकेको प्रहरीले जनाएको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
आगलागीबाट १० ओटा घर जलेर नष्ट हुँदा स्थानीयलाई समस्या !
नरैनापुर गाउँपालिका–४, जयरामपुर्वामा लागेको डढेलोले ०८१ चैत १२ गते दिउँसो २ बजे १० ओटा घर जलेर नष्ट हुँदा स्थानीयलाई समस्या भएको छ । करोडौँको क्षति भएको छ । जयरामपुर्वामा लागेको…
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…