बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ ९ गते

३६ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर कुवेत पठाएको र यौन शोषण गरी जबरजस्ती यौन कार्यमा लगाएको प्रहरीले बुटवल उमनपा–११ का ४१ वर्षीय रोमन अलि खानलाई जेठ ६ गते घर नजिकैबाटै गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७९ कात्तिक १७ गते राम्रो काम लगाइदिने भन्दै कुवेत पठाएको र यौन शोषण गरी जबरजस्ती यौन कार्यमा लगाएको भन्दै पीडितले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा जेठ ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देही उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीको आधारमा कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले फोन मार्फत बताउनु भयो ।

पीडितलाई नेपाल प्रहरीको सहयोगमा पीडित महिलाका आफन्त र कुवेत राजदुतावासके सहयोगमा जेठ ५ गते नेपाल फर्काइएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ५ गते नै भिम अस्पताल भैरहवामा गरिएको अस्पतालले जनायो ।


रीमा बिसी