बेचबिखन घटनाका आरोपित गिरफ्तार

२१ र २३ वर्षीया दुई जना महिलालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले मा संलग्न भएको आरोपमा जेठ १२ गते तीन जनालाई गिरफ्तार गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट जेठ १२ गते साँझ साढे ५ बजे प्रहरी टोलीले माइति नेपाल र साना हातहरुको सहयोगमा नुवाकोट कल्याणपुर गाउँपालिका–९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची बस्ने २६ वर्षीय अंशु साहु र सोही ठाउँ बस्ने २३ वर्षीय राजाराम महतोलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिँहले जानकारी दिए ।

उनीहरुले प्रलोभन देखाउँदै काठमाडौँबाट वीरगञ्ज हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।


पुष्पराज अधिकारी