बेचबिखन घटनाका आरोपित कुवेतबाट गिरफ्तार
२४ वर्षीया महिलालाई भिजिट भिसामा युएइबाट कुवेतमा पुर्याएर बेचबिखन गरेको आरोपमा प्रहरीले इन्टरपोलमार्फत धनुषा जिल्ला जनकनन्दिनी गाउँपालिका-४ का ५७ वर्षीय दिलिप राउतलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई श्रम र यौन शोषण गरेको आरोप लागेपछि राउतलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा गिरफ्तार गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थमा कात्तिक २० गते नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन व्यूरोका एसपी भावेष रिमालले जानकारी दिनु भयो ।
राउतसमेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेकाले अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् गिरफ्तार गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०८१ असोज १८ गते राउतविरुद्ध रेड कर्नर नोटिस जारी भएको एसपी रिमालले जानकारी दिनु भयो ।
पार्वती साउद
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…