बृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यकः वस्ती
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाशचन्द्र वस्तीले राज्यले वृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले जेठ २९ गते पोखरामा आयोजना गरेको बृद्धाश्रम/ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रति ज्येष्ठ नागरिकहरूको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वस्तीले सो कुरा बताएका हुन् ।
वस्तीले ज्येष्ठ नागरिक आफू घरमा दिनभरी बस्दा एक्लो महसुस गर्ने हुँदा उनीहरूका लागि सरकारले टोलटोलमा दिवा सेवा केन्द्र स्थापना गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका केन्द्रीय सदस्य कुसुमकेशर पराजुलीले ज्येष्ठ नागरिकको लागि प्रदेश तहमा सुविधा सहितको उपचार केन्द्र खोल्नुपर्ने बताए ।
महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख तुलसा अर्यालले ज्येष्ठ नागरिक परिचय पत्र दिने उमेर र ज्येष्ठ नागरिकलाई राज्यले दिने सेवा र सहुलियतमा उमेर फरक भएकाले त्यसतर्फ सरकारले ध्यान दिन आवश्यक रहेको बताइन् ।
जिल्ला बार कास्कीका अध्यक्ष सोम श्रेष्ठले राज्यले पहिलो प्राथमिकता ज्येष्ठ नागरिकलाई दिनुपर्ने बताउँदै पाठ्यपुस्तकमा ज्येष्ठ नागरिकको हक, अधिकारलगायतका विषय समावेश हुनुपर्ने बताए ।
शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले सरकारी मापदण्ड अनुसार सञ्चालन र अनुगमन हुनुपर्ने बताए । गैरसरकारी संस्था महासङघ कास्कीका अध्यक्ष पदमराज पहारीले ज्येष्ठ नागरिकप्रति सरकारले आफ्ना सेवा सुविधा बढाउनु पर्ने बताए ।
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताउँदै कतिपय ठाउँमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधामा राज्यको चासो नपुगेको बताइन् । शर्माले व्यक्ति वा संस्थालाई बृद्धाश्रम सञ्चालनको अनुमति दिँदा सो ठाँउमा राज्यको निगरानी समेत गर्नुपर्ने बताइन् । राष्ट्रिय मानव अधिकार आयोग कास्कीकी निमित्त निर्देशक नितु गर्तौलाले राज्यले ज्येष्ठ नागरिकका लागि दिने सेवामा एकरूपता र एकद्वार प्रणालीबाट हुनुपर्ने बताइन् ।
संगीता भाट
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…