बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ १९ गते

नमोबुद्ध नगरपालिका–८ गैंडापाटीकी ३६ वर्षीय रन्जना तिमल्सिनाको हत्या आरोपमा जेठाजु ४३ वर्षीय सुदर्शन अधिकारीलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

मृतक तिमल्सीनाको घाँटी र टाउकोमा बन्चरो प्रहार गरी भदौ १८ गते बिहान घरैमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारविक्रम थापा बताउनु भयो । डिएसपी थापाको टोलीले घटना स्थलबाटै अधिकारीलाई गिरफ्तार गरेको हो ।

शवको फोरेन्सिक मेडिसिन बिभाग काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुरमा पोष्टमाटम गरी १८ गते नै दहासंस्कार गरिएको  वडा अध्यक्ष शेरबहादुर तामाङले  जानकारी दिनु भयो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) कर्तव्य ज्यान मुद्दा शिर्षकमा भदौ १८ गते नै  मुद्दा दर्ता गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएस्पी थापाले जानकारी दिनुभयो ।


हिरामान तामाङ